
लुम्बिनी,३० कार्तिक। लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा जिल्ला स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ।
बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतियोगितामा रुपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ। प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरु सोधिने बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले जानकारी दिए।
विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्विद्यालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो। यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थानले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।
विश्वविद्यालयले मंसिर १४ गते २० ओ वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउँदै छ ।

