


भैरहवा,३० कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राम अवतार यादव सर्वसम्मत चयन भएका छन् ।
शनिबार र आइतबार भैरहवामा भएको अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उनी यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई.मनोज कुमार बर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह चयन भएका छन् ।
त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट चयन भएका छन्।

