
भैरहवा, ३० कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरेको छ ।
सेवाग्राहीहरुको सुविधाका लागि कार्यालय परिसरमै निःशुल्क रुपमा निवेदन लेख्ने गरिएपनि प्रविधिमैत्री सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ पनि टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

सेवाग्राहीले ठाडो निवेदन, जाहेरी दरखास्त, दुर्घटना निवेदन जस्ता लेखनका लागि लेखापढी व्यवसायी, अधिवक्ता लगायतलाई पारिश्रमिक स्वरुप पाँच सय रुपैयाँ देखि दुई हजार बढी रुपैयाँसम्म दिनुपर्ने हुन्छ ।
तर, रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले कार्यालय परिसरमा निःशुल्क निवेदन लेखनका साथै प्रविधि ज्ञान भएको सेवाग्राहीहरुलाई लक्षित गर्दै निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ कार्यालयको मुलद्वारमै टाँस गर्नका साथै सामाजिक संजालमार्फत सार्वजनिक गर्न लगाएका छन् । जसकारण निवेदन लेखनमा सेवाग्राहीहरुको रकम बचतका साथै ज्ञानवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
अब सेवाग्राहीले सहज रुपमा आफुलाई आवश्यक निवेदनको ‘क्यूआर कोड’ मोबाइलले स्क्यान गरेर आवश्यक विषय लेखी कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । जसका लागि प्रहरी कार्यालयमा आवश्यक पर्ने विभिन्न ९ वटा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ सार्वजनिक गरिएको छ ।
कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई कुनै गुनासो वा सुझाव भएमा, जाहेरी दरखास्त, घरेलु हिंसा निवेदन, ठाडो निवेदन, दुर्घटना निवेदन, मोबाइल चोरी तथा हराएको निवेदन, साईबर अपराध निवेदन, खोजतलास निवेदन र स्थानीय तह-प्रहरी-विधालय सम्पर्क कार्यक्रम पुस्तिका-२०८० को निवेदनको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरिएको जनाएको छ ।
हेर्नुहोस् रुपन्देही प्रहरीले सार्वजनिक गरेको निवेदनहरुको ढाँचाको क्यूआर कोड :


