


भैरहवा, ३० कार्तिक। रुपन्देही प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुंगको निसीखोला गाउँपालिका-६ का ३२ वर्षीय विजय उर्फ बिरबहादुर कुँवर रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका कुँवरले सामाजिक संजाल प्रयोगको विषयमा अर्कै परस्त्रीसँग बोल्ने गरेको विषयमा २० वर्षीया श्रीमती मेलिना परियारलाई शंका लागेर झैझगडा तथा वादविवाद हुँदा मदिरा पिएका विजयले श्रीमतीको हत्या गरेर फरार भएका थिए।

भैरहवाको लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटमा काम गर्दै आएकी परियार गत कार्तिक २७ गते होटलको स्टाफ कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनापश्चात फरार भएका विजयलाई बुटवल उपमहनगरपालिका-९ बसपार्कबाट भाग्न लागेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जनाए ।

