
भैरहवा, १ मंसिर। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकोले प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै घाइतेहरु भएका व्यक्तिहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ–‘जेन जी प्रदर्शनका घाइतेहरुको वर्गिकरण सम्बन्धी कार्यविधि, २०८२ अनुसार गठित हुने जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकाले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्र र अस्पतालमा उपचार गराएको सम्पुर्ण कागजातसहित यस कार्यालयमा ७ दिनभित्रमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’
हेर्नुहोस् सूचना :


