Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » क्यासिनोलाई कडाई गर्दै सरकारले दियो १२ बुँदे निर्देशन
    अर्थ

    क्यासिनोलाई कडाई गर्दै सरकारले दियो १२ बुँदे निर्देशन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ मंसिर ३, बुधबार १४:०२ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ३ मंसिर। सरकारले व्यावसायिक मनोरञ्जन क्षेत्रअन्तर्गतका क्यासिनोलाई अझै कडाइपूर्वक कानुनी दायरामा ल्याउन १२ बुँदे निर्देशन जारी गरेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जारी गरेको निर्देशनमा क्यासिनोहरुले सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा सम्बन्धित सबै कानुनी व्यवस्थाको पूर्ण पालना अनिवार्य गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशनमा क्यासिनो व्यवसायीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न भनिएको छ। साथै, नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई विदेशी मुद्रा कारोबार नगर्न विभागले कडाइका साथ स्मरण गराएको छ।

    क्यासिनो नियमावली, २०८२ तथा विभागले जारी गरेका निर्देशनअनुसार आवश्यक विवरण नियमति रुपमा विभागमा पेस गर्नुपर्नेछ। खेलाडीको ग्राहक पहिचान प्रणाली तथा बायोमेट्रिक विवरण तोकिएको मानकअनुसार अद्यावधिक राखी विभागले मागेमा उपलब्ध गराउनुपर्नेछ। क्यासिनो भित्रका सबै गतिविधिको (सिसिटीभी क्यामेरा) अभिलेख कम्तीमा ६ महिना अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

    तेस्रो पक्षसँग सम्झौतामार्फत वा अन्य कुनै माध्यमबाट क्यासिनो सञ्चालन गर्न नपाइने र इजाजत प्राप्त स्थानबाहेक अन्यत्र गतिविधि सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

    खेलाडीले जितेको रकम भुक्तानी गर्नु अघि प्रचलित कानुनअनुसार आकस्मिक लाभकर तत्काल कट्टी गर्नुपर्नेछ। लाभकर कट्टी गरेपछि सोको प्रमाणपत्र खेलाडीलाई उपलब्ध गराई, सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा विवरण पठाउनुका साथै विभागलाई समेत जानकारी गराउनुपर्नेछ।

    अनलाइन वा इन्टरनेटमार्फत कुनै किसिमको खेल सञ्चालन पूर्ण रुपमा निषेधित गरिएको छ। साथै क्यासिनो तथा होटल परिसर भित्र–बाहिर पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्नेछ।

    नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने उद्देश्यले सार्वजनिक गरिएका शीघ्र सुधारात्मक कार्यहरुको कार्यान्वयनसमेत सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। २०८२ अनुसार जोखिम–आधारित अनुगमनको क्रममा कमजोरी भेटिए तत्काल कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्यासिनो पर्यटन विभाग
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.