
सुर्खेत,८मंसिर। सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाका अनुसार रुखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ।
Advertisement

Advertisement
Advertisement

मृतकहरुको पहिचान भएको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

