


काठमाडौं, १० मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि आफ्नो एक महिनाभन्दा लामो संघर्ष कार्यक्रम सुरु गर्ने भएको छ।
पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले अघि सारेका मुख्य माग तथा राष्ट्रिय मुद्दा सम्बन्धी ज्ञापनपत्र आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ।

उनका अनुसार मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम हुनेछ। मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना आयोजना गरिनेछ।
त्यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुनेछन्। पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा जनसभाहरु आयोजना गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ।

