


काठमाडौं,१० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
कार्यालयले बुधवार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।

प्रकाशित सूचना अनुसार दुई जना बाहेक अन्य प्रहरी जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा छैनन्।
प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। उनीहरु गैरहाजिर हुनुको कारण खुलेको छैन ।
तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना :


