
काठमाडौं, ११ मंसिर। नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट आजदेखि प्रचलनमा राष्ट्र बैंकले ल्याएको हो ।
उक्त नोट सङ्केत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ। ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ।’भन्ने लेखिएको छ ।
Advertisement

Advertisement
Advertisement

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ ।
नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको बैंकले जनाएको छ।
नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ। यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि एक सय रुपैयाँको नोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो। तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

