Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » शुक्रवारदेखि शेरबहादुर सेन्चुरी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता
    खेलकुद

    शुक्रवारदेखि शेरबहादुर सेन्चुरी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ मंसिर ११, बिहीबार १३:१० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ मंसिर। रुपन्देहीको भैरहवामा अगामी भोली (मंसिर १२) देखि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको यो १२ औं संस्करण हो।

    आयोजक संस्था रुपन्देही क्रिकेट संघले भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ। पुस १ गतेसम्म चल्ने प्रतियोगिताका लागि पर्वत ज्वेलर्स भैरहवाका संचालक विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुरबुवाको स्मृतिमा प्रतियोगिताको प्रायोजन गर्दै आएका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए। उनका अनुसार यसवर्ष विगतका वर्षहरुमा भन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ। प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरु सहभागी हुन पाउने छन्।

    प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक मल्लिकले बताए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए। उनले प्रत्येक वर्ष सिजनको पहिलो प्रतियोगिता विद्यालय तहको गराउँदै आएको बताउँदै यसले रुपन्देहीमा खेल प्रतिभाहरुको उजागर भइरहेको जनाए । विद्यालयस्तरमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ।

    लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले क्रिकेटर जन्मने भनेकै विद्यालय तहबाट भएकाले यस्ता प्रतियोगिताको योगदान अतुलनीय रहने जनाए। उनले रुपन्देही क्रिकेट संघले विभिन्न प्रतियोगिताहरु गरेर खेलाडीहरुलाई अवसर सिर्जना गरेको बताए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट रुपन्देही क्रिकेट संघ शेरबहादुर सेन्चुरी अन्तरविद्यालय क्रिकेट सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.