
भैरहवा, ११ मंसिर। रुपन्देहीको भैरहवामा अगामी भोली (मंसिर १२) देखि स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिताको यो १२ औं संस्करण हो।
आयोजक संस्था रुपन्देही क्रिकेट संघले भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ। पुस १ गतेसम्म चल्ने प्रतियोगिताका लागि पर्वत ज्वेलर्स भैरहवाका संचालक विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुरबुवाको स्मृतिमा प्रतियोगिताको प्रायोजन गर्दै आएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए। उनका अनुसार यसवर्ष विगतका वर्षहरुमा भन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ। प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरु सहभागी हुन पाउने छन्।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक मल्लिकले बताए ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए। उनले प्रत्येक वर्ष सिजनको पहिलो प्रतियोगिता विद्यालय तहको गराउँदै आएको बताउँदै यसले रुपन्देहीमा खेल प्रतिभाहरुको उजागर भइरहेको जनाए । विद्यालयस्तरमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ।
लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले क्रिकेटर जन्मने भनेकै विद्यालय तहबाट भएकाले यस्ता प्रतियोगिताको योगदान अतुलनीय रहने जनाए। उनले रुपन्देही क्रिकेट संघले विभिन्न प्रतियोगिताहरु गरेर खेलाडीहरुलाई अवसर सिर्जना गरेको बताए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन्।

