
काठमाडौं, ११ मंसिर। मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन र व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) अगाडि बढाउन स्वीकृति दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले अनुमति दिएसँगै नेपाल प्रहरीले ओ एन्ड एमको तयारी सुरु गरेको छ।
नेपाल प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायणले काफ्लेका अनुसार स्वीकृतिसँगै औपचारिक ओ एन्ड एमको प्रक्रिया सुरु गरिएको छ। यस अन्तर्गत दरबन्दी मिलान, आवश्यकता नपर्ने दरबन्दी कटौती गरी अन्य स्थानमा स्थानान्तरण, र अस्थायी कार्यालयका दरबन्दीलाई स्थायी बनाउने कार्यहरु गरिनेछन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यसअघि सशस्त्र प्रहरीमा पनि यस्तै दरबन्दी मिलान गरिएको थियो । जसमा तल्लो दर्जाका दरबन्दी घटाएर तीन डिआइजीका दरबन्दी थप गरिएको थियो। अस्थायी कार्यालयहरुलाई स्थायी कार्यालयमा रुपान्तरण गर्ने कामसमेत सम्पन्न गरिएको थियो।
नेपाल प्रहरीका अनुसार, ओ एन्ड एमको मुख्य उद्देश्य प्रहरी संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु हो।

