
चितवन,१४ मंसिर। प्रहरीले जुवातास खेलिरहेको एक अवस्थामा एक जना वडाअध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।
पूर्वी चितवनको कालिका नगरपालिका–६ लाल चोकबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी, कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल, ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।
उनीहरुको साथबाट ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

