
काठमाडौं,१५ मंसिर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।
आइतबार बिहान स्वास्थ्य समस्याका कारण नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
Advertisement

Advertisement
Advertisement

अस्पतालका अनुसार उनको पिसाबमा भएको संक्रमण शरीरभरि फैलिँदै गएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो।
शाहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की पनि सोमबार बिहान अस्पताल पुगेकी थिइन्।
कमेन्ट गर्नुस्

