
काठमाडौं,१५ मंसिर। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनसहित बैँकका तीन जना उच्च अधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सीईओ शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैँकका कर्जा अधिकृत रिवास श्रेष्ठ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले जनाए।उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आर्थिक अपचलनको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार अनुसन्धानको क्रममा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीले छानबिन गरिरहेकै बेला सीईओ शेरचनले राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुन विपरीत बैँकलाई हानी नोक्सानी पुर्याएका थिए।
सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरी कर्जा दुरुपयोग हुने प्रकारका गतिविधिमा संलग्न रहेको देखिएको एसएसपी श्रेष्ठले बताए ।

