


काठमाडौं,१७ मंसिर।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु कहिल्यै जेनजी युवा तथा उनका माग–मुद्दाको विपक्षमा नरहेको बताएका छन्।
बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले जेनजीविरुद्ध एमाले उभिएको कथन सिर्जना गर्ने प्रयास भइरहेको तर त्यसमा कुनै सत्यता नभएको बताए।

उनका अनुसार जेनजी आन्दोलन कुनै नयाँ वा अनौठो विषय होइन, तर यसबारे ‘जेनजी एकातिर र एमाले अर्कातिर’ भन्ने गलत धारणा बनाइँदै आएको छ।
उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि संस्था हो। त्यसैले जेनजीको वास्तविक नेतृत्व पनि एमालेसँगै छ। एमाले कहिल्यै जेनजी, उनका माग वा आकांक्षाविरुद्ध उभिएको छैन।’

