


काठमाडौं,१७ मंसिर। संयुक्त राष्ट्र संघको नयाँ फोर्स कमाण्डरमा नेपाली सेनाका जर्नेल गणेशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले संयुक्त राष्ट्र संघीय अन्तरिम सुरक्षा बल अबेईको नयाँ फोर्स कमाण्डर नियुक्त गरेका हुन् ।

श्रेष्ठ घानाका २ तारे जर्नेल रोबर्ट याव अफ्रामको ठाउँमा जिम्मेवारी सम्हाल्न जान लागेका छन्। उनले नेपालको सुदूरपश्चिम डिभिजन कमाण्डर दक्षिण सुडानमा सेक्टर पूर्वको कमाण्डरसहित ३६ वर्षको सैन्य जीवन बिताएका छन्।
उनको जङ्गी अड्डाको कार्यरथी, वीरेन्द्र सैन्य अस्पतालको प्रशासनिक रजिस्ट्रार,नीति तथा योजना निर्देशक, १६ र ९ बाहिनी चलाएको अनुभव छ ।

