


रौतहट, १७ मंसिर । प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई चेकजाँचको क्रममा आरोपीहरुको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट बरामद भएको छ ।

