


काठमाडौं,२१ मंसिर। विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ।
विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको हो।

कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरु दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्।
नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
सोही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च रिट निवेदन पेस गरेको हो। कांग्रेस नेताहरुले भने सरकारले आगामी फागुन २१ गतको निर्वाचनमा जान तयार रहेको बताउँदै आएको छ। कांग्रेसले पुस २६ गतेदेखि पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

