

भैरहवा, २४ मंसिर। भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ।
केही समयअघि संसद्बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन्। महासंघले भन्सार ऐनमा भएका अव्यावहारिक व्यवस्थाहरु, सर्भरमा देखिएको निरन्तरको समस्या र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए।
खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासंघको आपत्ति रहेको छ। आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय काम रोक्नुपरेको घिमिरेले बताए।





