
काठमाडौं, २५ मंसिर। सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि अब उक्त सम्झौता राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खरेलले बताए।
उनका अनुसार सम्झौता कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढ्ने छ।

