


पर्सा,११ साउन । पर्सा प्रहरीले १४० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँपको बगैंचामा लागुऔषधजन्य पदार्थ लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एंव डीएसपी चक्रबहादुर मल्लले जनाए ।

बरामद गाँजा १३ वटा पोकामा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

