
काठमाडौं,२६ मंसिर। कम्बोडियासँग जारी झडपकाबीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र निर्वाचन हुने भएको छ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरु सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक झडपले सरकारलाई कठिन परिस्थितिमा पुर्याएको उनले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका भनेका छन्, ‘यस समस्याको उचित समाधान संसद विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामा फिर्ता जानेछ।’
व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका हुन्। उनले सेप्टेम्बरमा सरकार गठन गर्दा नै जनवरीको अन्त्यसम्म संसद विघटन गर्ने प्रतिवद्धता जनाएका थिए।

