
काठमाडौं, १ पुस। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७०० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको थियो।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

