
काठमाडौं, १ पुस। नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै केही उम्मेदवार निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्।
Advertisement

Advertisement
Advertisement

युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतम, मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाह, मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी, श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्।
त्यस्तै पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी बुढा (बोहरा) , प्रवास क्षेत्र अन्तर्गत दक्षिण एसियामा एक कोटा रहेकोमा हरि प्रसाद घिमिरे, केन्द्रीय सदस्य (खुला युवा) मा २ कोटा रहेकोमा नरेश रोकाया र सुशील कुमार थापाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

