
काठमाडौं, २ पुस। नेपालको स्थानीय बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्य मंगलबारको तुलनामा ७ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार आज ७ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ५९ हजार ७०० पुगेको छ।
मंगलबार प्रतितोला सुन २ लाख ५९ हजारमा कारोबार भएको थियो। सोमबार त्यही परिमाणको सुनको मुल्य २ लाख ६० हजार ७०० कारोबार भएको थियो ।

