
काठमाडौं,३ पुस। प्रहरीले झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी (पासपोर्ट) बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

