


काठमाडौं,४ पुस। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा दुई सय नौ जनाका लागि नयाँ भर्ना खुला गरेको छ ।
सशस्त्र प्रहरीले एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्नका लागि साधारण उपसमूहतर्फ ४१ प्रहरी निरिक्षक (इन्स्पेक्टर) को माग गरेको छ भने कानुन, लेखा, चिकित्सक गरी २८ इन्स्पेक्टरका लागि पनि दरखास्त आह्वान गरेको छ।

त्यस्तै साधारण उपसमूहमा १३१ असई र स्टाफ नर्स (सई) मा ९ जनाका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ।


