
काठमाडौं, ४ पुस। मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशको ८ जिल्लामा सादा पोसाकमा खटाइएको प्रहरी (घुमुवा) हरु लाई हटाएको छ ।
जिल्लामा सादा पोसाकमा अपराध नियन्त्रणका लागि सूचना संकलनका लागि खटाइने घुमुवा प्रहरीहरुको बारेमा गुनासो बढी भएपछि उनीहरुलाई हटाइएको हो ।
Advertisement

Advertisement
Advertisement

मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजना अनुसार ३१ जना घुमुवा प्रहरीलाई हटाइएको हो ।
हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे आवश्यक आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

