
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जान आतुर रहेको बताएका छन् ।
मोरङमा स्थानीय नेताहरुसँगको भेटमा उनले अगामी फागुन २१ गतेलाई तोकिएको समयमा निर्वाचिन हुनैपर्ने भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ʻसंविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,ʼउनले भने,ʻहामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।ʼ
उनले निर्वाचनको तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन समेत दिए।

