

काठमाडौं, ४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । सीआईबीले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐनअनुसार झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा आर्जन गरेका थिए।
Advertisement

Advertisement
Advertisement
त्यस्तै अग्रवालमाथि कार्पोरेट डेभलोपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रुपमा बढाएको आरोप छ। सोही प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।





