Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा ‘प्रथम हिमालयन रिम चलचित्र प्रदर्शनी’ हुँदै
    प्रमुख समाचार

    लुम्बिनीमा ‘प्रथम हिमालयन रिम चलचित्र प्रदर्शनी’ हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष ५, शनिबार २२:१२ गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी, ५ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आईतबार (पुस ६ गते) ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी’ हुने भएको छ। प्रदर्शनीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक डा. सागर न्यौपानेले जानकारी दिए।

    “सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको प्रदर्शनीमा चिनियाँ फिल्मको विशेष प्रदर्शन, एनिमेटेड फिल्म शो, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समावेश रहने छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रदर्शनीमा परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी तयार गरिएका श्रव्यदृश्य सामग्रीले विशेष आकर्षण सिर्जना गर्ने जनाईएको छ। कार्यक्रमको सुरुवात एआई प्रविधिबाट निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिनेछ भने त्यसपछि एआईजीसी प्रविधिको पूर्ण प्रक्रियाबाट तयार गरिएको एनिमेटेड फिल्म द स्पिरिट अफ द माउन्टेन्स प्रदर्शन गरिने बताइएको छ।

    चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ प्रविधिबाट प्रेरित यस फिल्मले परम्परा र कृत्रिम बुद्धिमत्ताबीचको नवीन संयोजन प्रस्तुत गरेको निर्माताहरुले जनाएका छन्।

    दिउँसोको सत्रमा प्रदर्शन एनिमेटेड फिल्म द लिजेन्ड अफ हेइ २ ले प्रर्दशन गरिनेछ। मानव र प्रकृतिका प्रतीकात्मक पात्रबीचको सहअस्तित्वको कथा बोकेको यस फिल्मले पारिस्थितिक सन्देशमार्फत दर्शकलाई गहिरो रुपमा प्रभावित बनाउने अपेक्षा गरिएको छ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रदर्शनी आयोजना हुन लागेको जनाउँदै संयोजक डा. न्यौपानेले यस कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको एनिमेसन, फिल्म प्रविधि र सांस्कृतिक संवादको अनुभव दिलाउने विश्वास व्यक्त गरे। साथै, डिजिटल सिर्जनाको क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाबारे छलफल र अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.