
बुटवल, ६ पुस। रुपन्देहीलाई कार्यथलो बनाएर एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुरेश परियार राष्ट्रियस्तरको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन्।
नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा परियारलाई नगद, स्वर्ण पदक र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो। देशभरबाट गरिएको छनोटका आधारमा ‘प्रशासन तथा प्रचार’ पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल जेसिजले उनलाई एकल रुपमा यो विधाबाट छनोट गरेको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। विगत एक दशकदेखि रुपन्देहीमा रहेर निरन्तर पत्रकारिताका माध्यमबाट समाजको आवाज बुलन्द पार्दै आएका परियारलाई उनको मेहनत र क्रियाशीलताको कदर गर्दै पुरस्कृत गरिएको जेसिजले जनाएको छ ।
नेपाल जेसिजले हरेक वर्ष विभिन्न विधामा समाजका लागि विशिष्ट योगदान पुर्याउने युवाहरुलाई सम्मान गर्दै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पत्रकारिता र प्रचार क्षेत्रबाट परियारलाई पुरस्कार प्रदान गरिएको हो। स्वर्ण पदकसहितको उक्त पुरस्कारले आफूलाई पत्रकारिता कर्ममा थप जिम्मेवार र उत्साहित बनाएको परियारले बताएका छन्।

