


काठमाडौं,६पुस। जेनजी मिराज ढुंगाना नेतृत्वको समूहले ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त समूहले भोलि (सोमबार) देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको मागलाई बेवास्ता गरेको आरोप लगाए। उनले सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनले दावी गरे।

उनले कार्की सरकारले जेनजी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेतृत्व नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे।
कमेन्ट गर्नुस्

