

भैरहवा,६ पुस। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा भन्सार छलेर भित्राइएको करिब ३ लाख १६ हजार रुपैयाँ बराबरका विभिन्न सामग्री बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट १ लाख ६ हजार मूल्यका लेदर ज्याकेट र मोटरसाइकलका पार्टपुर्जा, तिलोत्तमा नगरपालिका-९ मंगलापुरबाट १० हजार बराबरका खाद्यान्न सामग्री तथा रोहिणी गाउँपालिका-२ पिप्रहियाबाट १ लाख ४ हजार मूल्यको ओल्ड मंक मदिरा र युपी ५६ बी ९५९२ नम्बरको भारतीय नम्बर मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सबै सामग्रीहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।





