
विराटनगर,१३ पुस । प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेको छन् ।
Advertisement

Advertisement
Advertisement

भारततर्फबाट प्रदेश १-०४-००१ च ०१६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट उनलाई पक्राउ गरिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

