

भैरहवा,१३ पुस । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ।
एसपी प्रदीप बहादुर क्षेत्रीले भन्सार राजस्व छलीप्रति निरन्तर निर्मम प्रहार गर्दै आएका छन्।जसकारण जिल्लाबाट ठूला तस्करी ठप्प रहेको छ भने खुल्ला सीमाको फाइदा उठाउँदै थोरै परिमाणमा लुकिछिपि भित्र्याउने गरिएको विभिन्न सामग्री समेत प्रहरीद्वारा बरामद गर्ने गरिएको छ ।
Advertisement

Advertisement
Advertisement
यस्तै इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याएर मर्चवारी गाउँपालिका १ हरिनगढस्थित भण्डारण गरिएको ६४ हजार बढी रुपैयाँ बराबर ५४ बोरा युरिया मल बरामद गरेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएकोे टोलीले अंचलपुरबाट वेवारिसे अवस्थामा रहेको ६७ हजार बढी रुपैयाँ बराबरको ३१ थान कुर्ता सुरुवाल र ९० किलो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए।
बरामद सामग्री आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।





