
काठमाडौं,१४ पुस। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ।
जसपा सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँग एकता गरेका छन्। सोमबार जसपाका सह-अध्यक्ष रेणु, सचिव प्रदीप यादवसहितका बहुमत केन्द्रीय सदस्यहरुले एकताका लागि सहमतिमा हस्ताक्षर गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

एकतापछि प्रदीप यादवले मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि एकीकृत भएको प्रतिक्रिया दिए।
उनले भने, मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु ।’

