
बर्दघाट, १५ पुस । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार दाउन्ने खण्डमा शीतलहरले सडक चिप्लो हुँदा सवारीसाधन संचालनमा कठिनाई भएपछि सवारी साधन आवागमन बन्द भएको हो ।
Advertisement

Advertisement
Advertisement

सवारी साधन आवागमन बन्द भएपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको लाम लागेको छ। शीतलहर कम भएपछि सवारी साधन संचालन हुने प्रहरीले जनाएको छ।
बुटवल नारायणगढ सडकखण्ड निर्माणाधिन अवस्थामा छ । उक्त सडकखण्डको अन्य स्थानमा यात्रा सहज भएपनि दाउन्ने खण्डमा निर्माणकार्य अझै पूर्ण हुन सकेको छैन ।

