
काठमाडौं,१५ पुस । प्रहरीले दुई वटा अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ डल्लुका ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफलका ३३ वर्षीय ‘जस्वन’ भन्ने अश्विन राई रहेको प्रहरीले जनाृएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँले नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाएर राखिएको सूचना आधारमा उनीहरुलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पेस्तोलसहित पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका समेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाउको छ ।

