


भैरहवा,२० पुस। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका ३६ वर्षीय रसिद भट्टियान रहेको विमानस्थल स्रोतले जनाएको छ।

स्रोतका अनुसार थाईल्याण्डको बैंककबाट एयर एशियाको विमानमा भैरहवा आएका उनलाई सुरक्षा चेकजाँच गर्ने क्रममा पाँच किलो गाँजासहित पक्राउ गरिएको हो।
आईतबार मध्यान्ह विमानस्थलको आगमन टर्मिनलबाट पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाईएको छ।
भारतमा गाँजाको माग उच्च रहेकोले तस्करहरुले थाईल्याण्डबाट भैरहवाको गौतमबुद्ध र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गर्दै आएका छन्।
एयर एशियाको विमान मार्फत भैरहवा ओर्लिएका यात्रुहरुलाई यस अघि पनि प्रहरीले पटक-पटक गाँजासहित पक्राउ गरेको छ।

