


भैरहवा,२० पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित ऐतिहासिक श्री गणेश कालिका मन्दिर सञ्चालक समितिमा सर्वसम्मत ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ ।
निर्वाचन प्रमुख अधिवक्ता कृष्णप्रसाद ढकालका अनुसार मन्दिर समितिको शनिवार सम्पन्न सातौ साधारणसभा एवं चौथो अधिवेशनबाट अध्यक्षमा समाजसेवी ज्ञानप्रसाद काफ्ले, उपाध्यक्षमा विश्व काफले, सचिवमा टिकाराम भट्टराई, कोषाध्यक्षमा तिलक कुमार प्रधान, सहसचिवमा शारदा पन्त, सहकोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन भएका हुन्।

त्यस्तै सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, मिना श्रेष्ठ, राम बन्जाडे, गिता गौतम पनि निर्विरोध चयन भएका छन्।
साधारणसभा एवं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका वडा नं. १२ का युवा नेता वडा समिती सदस्य इसान भण्डारीले उदघाटन गरे। उनले श्री गणेश कालिका मन्दिर सिद्धार्थनगरको एतिहासिक धरोहर भएकोले यसको संरक्षणका लागि नगरपालिका तत्पर रहने बताए।

स्थानियवासीहरु धार्मिक सांस्कृतिक क्षेत्रमा संरक्षण सम्वद्र्धन एवं विकासका लागि तत्पर भई सकारात्मक र रचनात्मक भूमिका खेल्न आग्रह गर्दै उनले स्थानीय सरकारका साथै आफूले व्यक्ति रुपमा समेत मन्दिरका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
उक्त समारोहमा मन्दिरमा अखण्ड दिप प्रज्वलनका लागि अक्षयकोष स्थापनार्थ सहयोग गर्ने चन्ददाता र आजिवन सदस्यहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको सल्लाहकार पुण्यप्रसाद ढकालले बताए।

