Close Menu
    What's Hot

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    अर्थ

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:४४ गते0
    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कोरियामा अवैध रुपमा बसिरहेका विदेशीलाई स्वेच्छिक स्वदेश फिर्तीको अवसर
    अन्तर्राष्ट्रिय

    कोरियामा अवैध रुपमा बसिरहेका विदेशीलाई स्वेच्छिक स्वदेश फिर्तीको अवसर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष २१, सोमबार १४:१९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२१ पुस। कोरियाले मुलुकमा अवैध रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुका लागि विशेष स्वेच्छिक प्रस्थान प्रणाली लागू गरेको छ।

    कोरियाको न्याय मन्त्रालयले लागु गरेको विशेष स्वेच्छिक प्रस्थान प्रणाली अनुसार, अवैध रुपमा मुलुकमा बसोबास गरिरहेका विदेशी नागरिकले २८ फेब्रुअरी २०२६ सम्म स्वेच्छिक रुपमा फिर्ती भए जरिवाना तथा पुनःप्रवेश प्रतिबन्धमा छुट दिइनेछ । जससम्बन्धमा सोमबार सिओलस्थित नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यस प्रणालीबारे जानकारी गराएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    दूतावासका अनुसार यो सुविधा अवैधरुपमा दक्षिण कोरिया प्रवेश गरेका,नक्कली राहदानी प्रयोग गर्ने,आपराधिक गतिविधिमा संलग्न,डिपोर्टेशन आदेश पालना नगर्ने तथा सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिहरुलाई भने लागू हुने छैन।

    स्वेच्छिक रुपमा नेपाल फर्किन चाहने व्यक्तिले आफ्नो राहदानी र हवाई टिकट स्वयं व्यवस्थापन गर्नुपर्नेछ। साथै, बसोबास गरिरहेको स्थान नजिकको अध्यागमन कार्यालयमा फिर्ती मितिभन्दा कम्तीमा ३ कार्यदिनअघि (सार्वजनिक बिदाबाहेक) वा सार्वजनिक बिदासहित कम्तीमा १५ दिनअघि स्वेच्छिक प्रस्थान प्रतिवेदन फारम बुझाउनुपर्ने छ।

    अनलाइनमार्फत फारम बुझाएको अवस्थामा प्रस्थान समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अन्तिम पुष्टि गर्नुपर्ने जनाइएको छ।

    नेपाली राजदूतावासले अवैधरुपमा दक्षिण कोरियामा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई यो अवसरको सदुपयोग गरी स्वेच्छिक रूपमा नेपाल फर्कन आग्रह गरेको छ। यस सम्बन्धमा थप जानकारीका लागि कोरियाली अध्यागमन सूचना केन्द्रको १३४५ नम्बर मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोरिया सिओलस्थित नेपाली दूतावास
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.