


काठमाडौं,२१ पुस। नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साढे तीन महिनासम्म रिक्त रहेको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो।

विभागका तत्कालिन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको अवकाशपछि एआईजी टेकेन्द्र कार्कीलाई प्रमुखमा बढुवा गरिएको थियो । जसपश्चात उक्त एआईजी पद रिक्त भएको थियो । सोही पदमा पहिलो दाबेदार रहेका खड्का एआईजी बनेका छन् ।
कमेन्ट गर्नुस्

