


काठमाडौं,२३ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर निर्वाचनमा होमिने भएका छन्।
बुधवार कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु तालमेल गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो। जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।

नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताए।

