


काठमाडौं,२३ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको बताएका हुन्।

बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा रहेको बताए।
आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे।

