
काठमाडौं,२९ पुस । नेपाली कांग्रेसमा नेतृत्वको विवादकाबीच शेखर कोइराला पक्षधर जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
मध्यमार्गी प्रस्तावसहित देउवा निवास महाराजगन्जमा भेटघाट गर्न पुगेका उनीहरुलाई देउवाले समाधान खोज्न आफु सकारात्मक रहेको तर अहिल्यै हट्न तयार नभएको बताएका थिए । दुई महिनापछि स्वतः हट्ने भएकाले अहिले नै हट्नुपर्छ भन्ने विषय सान्दर्भिक नभएको देउवाको भनाइ उदृत गर्दै सहभागी एक नेताले बताए ।
Advertisement

Advertisement
Advertisement

संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच भइरहेको वार्ताको निर्णय आफूले मान्ने पनि देउवाले बताएका छन् । भेटघाटमा चितवन, नुवाकोट, दैलेख, कालिकोट, खोटाङ लगायत जिल्लाका सभापति र नेताहरु सहभागी थिए।

