
भैरहवा,६ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रमोदकुमार यादवलाई टिकट नदिएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्।
रुपन्देही-४ बाट यादवले उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसले आशुतोष मिश्रलाई टिकट दिएपछि यादव एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
Advertisement

Advertisement
Advertisement

रुपन्देही-४ बाट ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका यादव ०७९ को निर्वाचनमा पराजित भएका थिए ।
उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कन्हैया बनिया, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीबाट भोपेन्द्र यादव लगायत स्वतन्त्रसहित २२ जनाले ले उम्मेदवारी दिएका छन् ।

