


भैरहवा, ७ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हातहतियार बुझाउनका लागि आग्रह गरेको छ।
निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियार तथा खरखजानाहरु बुझाउनका लागि आग्रह गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाध पाध्याले जनाए।

माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन सकिने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ।
बुझाइएको हातहतियार निर्वाचन सम्पन्न भएको एक महिना पश्चात फिर्ता गर्न सक्ने र नबुझाए कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
हेर्नुहोस् सूचना :


