
काठमाडौं,७ माघ । प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो।
बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बैठकमा निर्वाचनको सुरक्षा अवस्था र चुनौतीबारे विश्लेषण गरिएको छ। बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ।
त्यस्तै राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ। बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

